identity of kirat existence
refer this site +

अनिश्चितकालीन बन्द स्थगित... लिम्बुवान कार्यकर्ताको मृत्यु...

kirats.com
 
तस्वीरहरु
 
प्रश्न एक उत्तर अनेक
लिम्बुवान स्वायत्तताको माग सही छ ?
 
 
मिक्तोक
 
 
दस्तावेज
 
पुस्तक
अध्यक्षात्मक प्रणालीतर्फ आदिवासी जनजाति महासंघ
  समाचार  

लिम्बुवानको प्रथम शहीद घोषणा
काठमाण्डौ, असोज २२ गते राति ११ बजे/ राजकुमार आङदेम्बे लिम्बुवानको प्रथम शहीद घोषित भएका छन् ।

झापाको मावापूर्व माइधारपश्चिम कर्फ्यू चलिरहेको अवस्थामा आज अपरान्ह मृतकको शवलाई मानवअधिकारकर्मीहरुको सहयोगमा पोष्टमार्टम गर्न चन्द्रगढी लगिएको थियो । दाहसंस्कार गर्न स्थानीय प्रशासनले अपरान्ह २ बजेदेखि ५ घण्टाको लागि कर्फ्यू हटाएको थियो ।

पोष्टमार्टमपश्चात शवलाई ल्याउने क्रममा बिर्तामोडमा संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष सञ्जुहाङ पालुङवाले शवलाई पार्टीको झण्डा ओढाएका थिए । सो शवयात्रा केर्खा र धरमपुरबीचमा पर्ने सानो कर्ेखामा गरिएको अन्त्येष्टि कार्यपश्चात सम्पन्न भएको थियो । पूर्वजहरुलाई समेत सोही स्थानमा गाड्ने गरिएकाले सोही स्थानमा राख्ने पारिवारिक सल्लाहअनुसार किरात धार्मिक परम्परा अनुसार उनको अन्त्येष्टि कार्य सम्पन्न भएको थियो ।

शवयात्राको लागि पूर्वबाट दश गाडी कार्यकर्ता, स्थानीयवासी, मानवअधिकारकर्मी तथा सञ्चारकर्मीहरुको व्यापक उपस्थिति भएको अन्त्येष्टिपश्चातको श्रद्धाञ्जली कार्यक्रममा परिषदका अध्यक्ष सञ्जुहाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव कुमार लिङ्देनले मृतक राजकुमारलाई लिम्बुवानको प्रथम शहीद घोषणा गर्दै श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेका थिए । सोही क्रममा कुमारले भने, 'यो घटनाले लिम्बुवान कमजोर होइन अझ बलियो भएको छ र हाम्रो सपना कमजोर होइन अझ बलियो र ठोस हुँदै आएको छ ।

आज दमकमा शवयात्रा गर्ने भनिएपनि सुरक्षाकर्मीको व्यापक परिचालन र हस्तक्षेपका कारण चुलाचुली १ स्थित सानो केर्खामा सम्पूर्ण कार्यहरु सम्पन्न भएका छन् । प्राप्त जानकारी अनुसार सो कार्यक्रमको लागि इलाम र शान्तिनगरबाट आएका कार्यकर्ताहरु चारआलीमा तथा गौरादह, गौरीगञ्ज, माङसेबुङलगायत विभिन्न क्षेत्रबाट प्रवेश गर्न खोजेका कार्यकर्ताहरुलाई प्रहरीले बाटैमा रोकेका थिए ।

मधेशी जनअधिकार फोरमको ४ गाडी कार्यकर्ताहरुसहित मञ्च, लिम्बुवान र खम्बुवान राष्ट्रिय मोर्चा र धिमाल स्वायत्त परिषदका विभिन्न गाउँहरुबाट परिचालित कार्यकर्ताहरुलाई मोरङको उर्लावारीमा प्रहरीले रोकेको थियो । मञ्चका अध्यक्ष कमल छाराहाङको नेतृत्वमा बिहानैदेखि भेला हुन थालेका आन्दोलनकारीहरुलाई ठूलो संख्यामा रहेका सुरक्षाकर्मीले रोकेका थिए । यही क्रममा साँझ ५ः३० बजे गोलीसमेत चलेको थियो । जसबाट ३ जना घाइते भएको भन्ने खबर आएपनि हालसम्म पुष्टि हुन सकेको छैन । जसमध्ये, धिमाल स्वायत्त परिषदका सदस्य बिष्ण धिमाललाई तिघ्रामा गोली लागेको तथा टाउकोमा चोट परेकोले उनको उपचार यो समाचार तयार पार्दासम्म दमकस्थित लाइफलाइन अस्पतालमा भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

उर्लाबारीबाटै पथरीका निलम नाल्बोसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ भने ५ जनालाई मरणासन्नहुनेगरी कुटपिट गरिएको छ । साथै, आन्दोलनकारीहरुले प्रयोग गरेको एउटा बस उर्लाबारी प्रहरी कार्यालयमा राखिएको छ ।

यता काठमाण्डौको माइतिघरस्थित मण्डलामा पनि राजकुमारको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । अपरान्ह ५ बजेबाट सुरु भएको सो कार्यक्रममा माओवादी विधायकद्वय कुमार फूदोङ र टंक आङबुहाङ, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष उत्तमसिं थाङदेन, लाहुर्निपका अध्यक्ष शान्तिकुमारी राई, लिम्बु पत्रकार संघका अध्यक्ष अइन्द्रसुन्दर नेम्बाङ, लिम्बु विद्यार्थी मञ्चका महासचिव टंक फोम्बोलगायत विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरे ।

राजकुमारको संक्षिप्त परिचय

लिम्बुवान स्वायत्तताको आन्दोलनका प्रथम शहीद बनेका राजकुमार आङदेम्बे इलाम जिल्ला, चुलाचुली १ निवासी थिए । गाउँमा माङतोकको उपनामले परिचित उनी निडर तथा निर्भिक मानिन्थे । लिम्बुवान भोलेन्टियर्सका सक्रिय सदस्य तथा लडाकु उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । वि.सं. २०४४ मंसिर २४ गते बुबा धनबहादुर र आमा हर्कमाया फागोको माइला छोराको रुपमा जन्मेका उनले गत आइतबार अपरान्ह शहादत प्राप्त गरेका थिए । श्रीमती सुनमाया योङहाङ र ४ महिनाकी छोरी मेन्छिगेन आङदेम्बेसहित छुट्टिएर बसेका थिए ।

 
लिम्बुवानमा व्यापक धरपकड
काठमाण्डो, असोज २१ गते राति १० बजे/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतका मोर्चाबन्दीका सम्पूर्ण संस्थाहरुले तीन दिनको लागि आन्दोलनलाई स्थगित गरेपनि झापामा लगाइएको कर्फ्यू यथावत छ ।

झापाको दमक, झिलझिले, केर्खा, धरमपुर र तोपगाछीमा सशस्त्र प्रहरीले विशेषतः सुँगरको खोर भएको घरहरुमा खानतलासी गर्दै सर्वसाधरणलाई समेत कुटपिट गरेका छन् । यसै क्रममा दमकमा माओवादीसम्बद्ध पत्रिकाका पत्रकारलाई समेत प्रहरीले कुटपिट गरेका छन् ।

प्रशासनले सो क्षेत्रमा लगाएको कर्फ्यू हालसम्म पनि हटाएको र भोलि पनि लगाउन सक्ने प्रवल सम्भावना रहेको छ । हिजो प्रहरीद्वारा मारिएका राजकुमारको भोलि शव यात्रा केर्खा र दमकमा गर्ने मञ्चका अध्यक्ष कमल छाराहाङले किरात्स डट कमलाई बताएका छन् । यसको लागि मोरङमा व्यापक तयारी भइरहेको समेत उनले बताएका छन् । छाराहाङका अनुसार उर्लावारीमा जनकपुरदेखि उर्लावारीसम्मका जम्मा भई कर्फ्यू ताड्दै शवयात्रामा सामेल हुने बताएका छन् । यस क्रममा गृहमन्त्री कृष्ण सिटौलाको राजीनामा माग्दै पुत्ला जलाउने कार्यक्रमसमेत हुनेछ ।

सो शवयात्राको लागि लिम्बुवान क्षेत्रका विभिन्न स्थानबाट ठूलो संख्यामा भेला हुने तयारी भइरहेको र यसको लागि मधेशी जनअधिकार फोरमको तर्फबाटसमेत १० ट्रक कार्यकर्ता उर्लावारीमा पुर्‍याउने तयारी रहेको किशोर विश्वासले बताएका छन् ।

यो समाचार तयार पार्दा मृतक राजकुमारको घरमा स्थानीयवासीहरुको जमघट भएको छ । सो भेलामा सम्बोधन तथा समवेदना प्रकट गर्न आज पनि मञ्चका महासचिव कुमार लिङ्देन पुगेका छन् । नजिकै माओवादी सैन्य शिविर भएकाले सो क्षेत्रमा प्रहरी छैनन् ।

मानवअधिकारको हनन भएको भनिएको सो घटनाबारे छानबिन सुरु गर्न तथा अनुगमन गर्न मृतकको घरमा समेत मानवअधिकारकर्मीहरु पुगेका थिए । यसबारे आदिवासीहरुको मानवअधिकारसम्बन्धी वकील समूह -लाहुर्निप) को समेत ध्यानकर्षा भएको जनाएको छ ।

सो आन्दोलनसँग सम्बद्ध काठमाण्डौवासीहरुले भोलि अपरान्ह ४ बजे माइतिघरस्थित मण्डलामा शोकसभा गर्ने भएको छ । साथै, पर्सि सिंहदरवारको दक्षिण गेटमा धर्ना दिने कार्यक्रमसमेत रहेको मञ्चका सचिव खगेन्द्र माखिमले बताएका छन् । सो कार्यक्रमहरुको लागि आयोजकले संघीयवादी सम्पूर्णमा आव्हानसमेत गरेको छ ।

 

अनिश्चितकालीन बन्द स्थगित

काठमाण्डौ, असोज २१ गते ११ बजे/ चलिरहेको संघीयवादीहरुको आन्दोलन तीन दिनको लागि स्थगित भएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमल छाराहाङले घोषणा गरेअनुसार आज, भोलि र पर्सी लिम्बुवान, खम्बुवान, तामाङसालिङ, थारुवान तथा मधेश क्षेत्रमा संयुक्त मोर्चाबन्दीका नाममा सञ्चालित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित हुने भएका छन् । स्थगित गर्नुको मुख्य कारण हिजो अपरान्ह सशस्त्र प्रहरीद्वारा मारिएका राजकुमारको दाहसंस्कार तथा शोकसभाको निम्रित्त भएको मञ्चका महासचिव कुमार लिङ्देनले बताएका छन् । आन्दोलनकारीले बन्द फिर्ता लिएपनि प्रशासनले झापामा लगाएको कर्फू हालसम्म हटाएको छैन । जसले गर्दा स्थानीयवासीहरु थप आक्रोशित बनेका छन् ।

 
 
लिम्बुवान कार्यकर्ताको मृत्यु

काठमाण्डौ, असोज २० गते/ लिम्बुवान राज्य परिषद अर्न्तर्गतको लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ता राजकुमार आङदेम्बे प्रहरीद्वारा मारिएका छन् ।

आज दिउँसो झापाको केर्खास्थित सडक खण्डमा स्कर्टिङ गरी गाडीहरु लैजाने क्रममा बन्दकर्ताले अवरोध सिर्जना गरेको भन्ने बहानामा केर्खा र धरमपुरबीचमा पर्ने कमल पुलको करिब डेढ किलोमिटर उत्तरतर्फसशस्त्र प्रहरीले चलाएको गोली लागि उनी मारिएका हुन् । चुलाचुलीस्थित माओवादी सेनाको शिविर नजिकै भएको सो घटनामा चुलाचुली निवासी २० वषर्ीय राजकुमारको मृत्युले सो क्षेत्र थप तनावग्रस्त बनेको छ । प्रत्यक्षदर्शीका अनुसार, कमलको पुलमा अगाडि नै लुकेर बसेका पाथिभरा गणका सशस्त्र प्रहरीले करिब ५० गोली चलाएको थियो ।

पेटमा गोली लागेका राजकुमारलाई उपचार्रार्थ दमक लान खोज्दा प्रहरीले नदिएपछि माओवादी सैन्य शिविरमा उनको उपचार गर्दागर्दै मृत्यु भएको थियो । परिवारका माइला छोरा उनी केही समय अघिदेखि छुट्टएिर बस्दै आएका थिए । आर्थिक अवस्था ज्यादै नाजुक भएको राजकुमारको एक श्रीमती र ४ महिनाको छोरी छ ।

लिम्बुवान स्वायत्त राज्यको निमित्त पटक पटक केर्खाको सशक्त आन्दोलनको मोर्चा सम्हालेका उनले यस पटक पनि सोही मोर्चा सम्हालेका थिए । यही क्रममा उनी मारिएका छन्, तथापि उनी लिम्बुवान स्वायत्तताको आन्दोलनमा पहिलो शहीद बनेका छन् । उनको यो बलिदानलाई आन्दोलनको मोर्चा हाँक्नेहरुले सम्मान र आदर गर्नुका साथै आर्थिक अवस्था कमजोर भएको उनको परिवारको निमित्त तथा यो आन्दोलनकै निमित्त विश्व समुदायमा सहयोगको अपेक्षा गरेका छन् ।

गत असोज १६ गतेदेखि संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको आव्हानमा सञ्चालन भइरहेको संघीयवादी आन्दोलन दबाउन मोरङ र झापामा १० हजारको हाराहारिमा सशस्त्र प्रहरी परिचालित छन् । माइपश्चिम मावापूर्व हिजोदेखि लगाइएको कर्फ्यू आज पनि जारी छ ।


 
संघीयवादीहरुको आन्दोलन

काठमाण्डौ, असोज १७ गते / आसन्न संविधानसभाको निर्वाचन र्सार्थक एवं परिणाममुखी नहुने ठहर गर्दै आदिवासी/जनजाति, मधेशी, महिलालगायतका विभिन्न समूहहरू संघीय गणतान्त्रिक मोर्चामा आबद्ध भई चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

चरणबद्ध आन्दोलनको सिलसिलामा असोज १६ गतेदेखि अनिश्चितकालीन आमहडतालको घोषणा गरिएको छ । तामाङसालिङ क्षेत्रमा बिहीवार बन्दको आव्हान गरिएकोमा अरनिको राजमार्गस्थित कोटेश्वर र बनेपामा आन्दोलनकारीमाथि प्रहरीद्वारा भएको ज्यादतिबारे विरोध गर्दै मोर्चाद्वारा प्रेस विज्ञप्ति जारी गरिएको छ । त्यस्तै, झापा र मोरङमा भएको प्रहरी हस्तक्षेपप्रति घोर भर्सना गर्दै पक्राउ गरिएका तीन दर्जनभन्दा बढी कार्यकर्ताहरूको सोही विज्ञप्तिमार्फ रिहाइको माग गरिएको छ ।

यस आन्दोलनमा हुनसक्ने गणतन्त्र, संघीयता र जातीय स्वायत्तता विरोधी प्रतिक्रियावादी तत्वहरूको घुसपैठप्रति पूर्ण सजग रहँदै राजनीतिक अधिकार, समानुपातिक प्रतिनिधित्व, संघीय लोकतान्त्रिक गणतन्त्र र स्वायत्तताको शान्तिपूर्ण आन्दोलनमा अहिले भइरहेको प्रहरी दमनको घोर भर्त्सना गर्दै यस मागको सुनुवाइ र समाधान नभए योभन्दा अझ सशक्त आन्दोलनहरूको घोषणा गर्न बाध्य हुने सोही विज्ञप्तिमा जनाइएको छ । संघीय गणतान्त्रिक मोर्चामा आबद्ध विभिन्न संगठनका प्रतिनिधि सम्मिलित जनआन्दोलन केन्द्रीय संयोजन समितिको गत असोज ९ गते सम्पन्न बैठकले सो आन्दोलनको घोषणा गरेको हो । यसअनुसार असोज १० देखि १५ गतेसम्म भित्तेलेखन, माइकिङ तथा प्रत्येक बेलुकी मसाल जुलुस गर्ने, १२ गते तामाङसालिङको बनेपा, धुलिखेलमा सामूहिक विरोध सभा गर्ने कार्यक्रम थियो । त्यस्तै, १३ गते अन्तरिम संविधानको मिश्रति निर्वाचन प्रणालीको धारा जलाउँदै प्रत्येक जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै १६ गतेदेखि अनिश्चितकालीन आमहडताल गर्ने कार्यक्रम राखेका छन् ।

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चामा मधेशी जनअधिकार फोरम -विश्वास समूह), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान राज्य परिषद, संघीय धिमाल स्वायत्त परिषद, खम्बुवान राष्ट्रिय मोर्चा, तामाङसालिङ स्वायत्त राज्य परिषद र संघीय गणतान्त्रिक मोर्चा आबद्ध छन् ।

 

 

थप समाचारहरु
विचार

जातीय स्वायत्तताको खोजी
नवीन वनेम

 
विदेश  
alexander litvinenko

अमेरिकी दबदबामा बितेको २००६
संगीता थेबे

 
ब्यक्तित्व

अध्यक्ष, किरात धर्म तथा साहित्य उत्थान संघ
डकेन्द्रसिं थेगिम

 
स्थान

किरात धर्मको केन्द्रीय स्थल ः माङसेबुङ

 
जनमत
अन्तरिम संविधानले आदिवासी/जनजातिले उठाएका समस्यालाई उजागर गरेको छ -
छ
छैन
थाहा छैन
 
 
अन्तर्वार्ता


ब्याकुल माइला
मलाई गर्व लागेको छ

 
खेलकुद
महत्वाकांक्षी मिसन

राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकुद नाराका साथ राष्ट्रिय खेलकुद परिषद् -राखेप)ले १४ वर्षो कार्यनीति हालै प्रस्तुत गर्यो ।
 
गीत/संगीत
 
रिङटोन्स
 
वालपेपर
डाउनलोड
थप वालपेपरहरु
पाक्षिक राशिफल
मेष
तपाईको यो पक्ष ग्रह चक्रअनुसार संघर्ष गरी कार्य सिद्ध हुने सम्भावना छ । कसैसँग धेरै विश्वास नगरे वेश होला । स्वास्थ्यमा ध्यानि दिनुपर्ने योग छ । आर्थिक लाभ कमै मिल्ला । विद्यार्थीका लागि उत्तम समय रहने देखिन्छ ।
 
मोडल
 
जेनिसा मोक्तान

kirats.com

 किरात आवाज : मूलघर | हाम्रोबारे | उद्देश्य |
a presentation of Kirat Awaj | Contactus
© 2006 KIRATS.COM, All Rights Reserved , Editor : Nabin Lingden (+ 977-1-98510 39717 )

 
powered by :