identity of kirat existence
refer this site +

अनिश्चितकालीन बन्द स्थगित... लिम्बुवान कार्यकर्ताको मृत्यु...

kirats.com
 
तस्वीरहरु
 
प्रश्न एक उत्तर अनेक
लिम्बुवान स्वायत्तताको माग सही छ ?
 
 
मिक्तोक
 
 
दस्तावेज
 
पुस्तक
अध्यक्षात्मक प्रणालीतर्फ आदिवासी जनजाति महासंघ
  विदेश  

अमेरिकी दबदबामा बितेको २००६

संगीता थेबे

Guantanamo_bay

 
 

सन् २००७ को आरम्भसँगै २००६ विगत बनेको छ । शान्ति, सुरक्षा, उन्नति र अवनतिका उतारचढावहरु पार गर्दै अघि बढेको विश्वको लागि यात्रा कठीन भएपनि विगतबाट पाठ सिक्दै वर्तमानलाई सहज बनाउनुपर्ने भएको छ । र, यही सोच एवं नयाँ उमंगसहित यात्रा सुरु भएको छ ।

गत वर्षन्याय र स्वतन्त्रताका लागि विभिन्न राष्ट्रहरुमा भएको संघर्षको अलावा आतंकवादविरुद्धको लडाईंमा होमिने राष्ट्रहरुमध्ये अमेरिका र वेलायत प्रमुख थिए । तर, यसका लागि भएका आक्रमणको निसाना प्रत्यक्ष वा अप्रत्यक्षरुपमा धेरैजसो इस्लामिक राष्ट्रहरु वा समूहहरु बने । विशेषतः सन् २००१ को अमेरिकी आक्रमणपश्चात् आतंकवादविरुद्धको अभियानमा लागि परेको बुश प्रशासनले गत वर्षो अन्त्यमा इराकी राष्ट्रपति सद्दाम हुसेनलाई दिइएको मृत्युदण्डको लागि विजय हासिल गरेको ठानेपनि यसको नकारात्मक असर गत नोभेम्बरमा भएको अमेरिकी संसदको मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्र्याटिक पार्टीको विजयले प्रमाणित गरेको थियो । न्याय, स्वतन्त्रता र मानवअधिकारको अग्रणी ठान्ने अमेरिकाद्वारा परिचालित क्युबाको ग्वान्टानामो बेस्थित बन्दीगृह पनि वर्षो चर्चायोग्य विषय बन्यो भने एकापसमा द्वन्द्वरत इजरायल र प्यालेष्टाइनको निर्वाचनले पनि प्रमुखता पाएको थियो ।

समग्रमा, प्राकृतिक प्रकोपका केही असरलगायत युद्ध र द्वन्द्व बढी चर्चाको विषय बनेको यस वर्षा विशेषतः अफ्रिकी राष्ट्रहरुको चुनावी लहरसँगै सुखद् एवं दुखद् क्षणहरु स्मरणीय बन्दै विदा भएको छ, र सुन्दर सपनाहरु सँगाल्दै यात्रा सुरुवात भइसकेको छ ।

महत्वपूर्ण घटनाहरु
जनवरी
अमेरिकाले इराक युद्धमा १० देखि २० खर्ब डलर चुकाउनु पर्ने प्रतिवेदन सार्वजनिक, अल कायदाका दोस्रो वरिष्ठ नेता अयमान अल जवाहिरीलाई लक्षित गरी गरिएको अमेरिकी हवाई आक्रमणमा निर्दोष १८ पाकिस्तानीको मृत्युका कारण देशव्यापी विरोध प्रदर्शन, कुवेतका अमिर सेख जाबेर अल अहमद अल सबाहको मृत्यु र संसदद्वारा प्रधानमन्त्री सेख सबाह अल अहमद अल सबाहलाई नयाँ अमिर चयन, चिलीमा पहिलो महिला राष्ट्रपति मिचेल बाचेलेट विजयी, इराकी संसदमा सिया धार्मिक गठबन्धन बढी स्थानमा विजयी, अन्तर्राष्ट्रिय पत्रकार महासंघको वार्षिक प्रतिवेदन अनुसार २००५ मा विश्वभर एक सय ५० पत्रकारको मृत्यु साथै इजरायलद्वारा प्यालेष्टिनी प्रशासनलाई दिइने सहयोग रोक्का ।

फेब्रुअरी
युरोपेली पत्रपत्रिकामा इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदको व्यंग्यचित्र छापिएकोमा इस्लामिक समूहद्वारा विरोध, इजिप्टेली पानीजहाज लालसागरमा डुब्दा एक हजार तीन सय यात्रु सवार प्रायः सबैको मृत्यु, प्यालेष्टाइनको आमनिर्वाचनमा उग्रवादी संगठन हमासको बहुमत, हमासका नेता इस्माइल हानिया प्रधानमन्त्री नियुक्त ।

मार्च
माल्दिभ्सद्वारा सन् २००८ मा राष्ट्रको इतिहासमै पहिलोपटक बहुदलीय निर्वाचन गर्ने घोषणा, आप्रवासीमाथि कारवाही चलाउन अमेरिकाले ल्याउन लागेको प्रस्तावित विधेयकविरुद्ध देशभर प्रदर्शन, युगोस्लाभ राष्ट्रपति स्लोभोदान मिलोसेभिकको द हेगस्थित संयुक्त राष्ट्रसंघीय अदालतको बन्दीगृहमा मृत्यु ।

अप्रिल
इजरायलको संसदीय निर्वाचनमा कादोमा पार्टको बहुमत, इहुद ओलमर्टलाई सरकार गठन गर्न निर्देशन, थाइल्याण्डका प्रधानमन्त्री थाक्सिन सिनावात्राद्वारा अस्थायीरुपमा पदत्याग, इरानका राष्ट्रपति मोहम्मद अहमदिनेजादद्वारा युरेनियम प्रशोधन गरेको स्वीकार, मोनाकोका राजकुमार अलबर्ट द्वितीय उत्तरी ध्रुवमा पुग्न सफल, सो क्षेत्रमा पुग्ने राजपरिवारका पहिलो सदस्यको कीर्तिमान कायम, अमेरिकाद्वारा क्युबास्थित ग्वान्टानामो बन्दीगृहमा राखिएका पाँच सय ५८ जना विदेशी बन्दीहरुको नाम सार्वजनिक, पाकिस्तानद्वारा दुइ हजार किलोमिटरसम्म निसाना लगाउन सक्ने लामो दूरीको क्षेप्यास्त्र परीक्षण ।

मे
इन्डोनेसियाको मध्य जाभामा गएको छ दशमलब तीन रेक्टर स्केलको भूकम्पमा परी पाँच हजारभन्दा बढीको मृत्यु, ३६ हजार घाइते र १५ लाख घरबारविहीन, वेलायतको सत्तारुढ दल लेबर पार्टीको स्थानीय निर्वाचनमा लज्जास्पद पराजय, मोन्टेनेग्रोमा स्वतन्त्रताका पक्षमा जनमत संग्रह ।

जुन
जनमतसंग्रहद्वारा सर्बिया र मोन्टेनेग्रो विभाजित भएको घोषणा, इराकका लागि अल कायदाका प्रमुख अबु मुसाब अल जर्कावी र उनका सात सहयोगीको अमेरिकी सैन्य कारवाहीमा मृत्यु, प्यालेष्टाइनी राष्ट्रपति महम्मद अब्बासद्वारा जुलाई २६ का लागि जनमतसंग्रह घोषणा, अमेरिकी सर्वोच्च अदालतद्वारा ह्यामडानविरुद्ध रम्सफेल्डको मुद्दामा ग्वान्टानामो बेस्थित बन्दीगृह गैरकानुनी तवरले सञ्चालन गरेको फैसला, इजरायली सेनाद्वारा प्यालेष्टाइनविरुद्ध सैनिक कारवाहीको घोषणा ।

जुलाई
उत्तरकोरियाद्वारा लामो दूरीको सातवटा तायपोदोङ-२ क्षेप्यास्त्र परीक्षण, इजरायल लेबनान सीमामा सिया मुसलमान लडाकु समूह हेजबुल्लाहद्वारा आठ इजरायली सैनिकको हत्या र दुइको अपहरण, इजरायलद्वारा लेबनानमाथि आक्रमण, क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोद्वारा आफ्नो भाइ राहुललाई सत्ता हस्तान्तरण गरी उपचारको क्रममा अस्पताल भर्ना, मुम्बईको रेलवे सेवामा भएको बम आक्रमणमा दुइ सयभन्दा बढीको मृत्यु, सात सयभन्दा बढी घाइते ।

अगष्ट
इजरायली सेनाले हेजबुल्लाहमाथि आक्रमण सुरु गरेयता एक हजारभन्दा बढीको मृत्यु भएको जानकारी, इजरायली सेनाद्वारा प्यालेष्टाइनका उपप्रधानमन्त्री तथा वरिष्ठ हमास नेता नासिरेद्दिन अल सायरलाई नियन्त्रण, अमेरिकाले सन् २००३ को मार्चमा इराकमाथि आक्रमण गरेयता एक सय पत्रकार मारिएको रिपोर्टर विदाउट बोडर्सद्वारा सार्वजनिक, भारतको जनसंख्या वृद्धिदर विश्वमै सबैभन्दा द्रुत रहेको अमेरिकी इन्टरनेट कम्पनी कमस्कोरको र्सर्वेक्षणद्वारा जानकारी, पाकिस्तानको बलुचिस्तान प्रान्तका वरिष्ठ जातीय विद्रोही नेता नवाज अकबर बुग्तीको सुरक्षा कारवाहीमा मृत्यु ।

सेप्टेम्बर
इर्साई धर्मगुरु पोप बेनेडिक्ट १६औंद्वारा जर्मनीमा प्रवचन दिने क्रममा इस्लामी विश्वासमाथि प्रहार, पोपको भनाइप्रति आपत्ति जनाउँदै प्यालेष्टाइनमा पाँचवटा चर्चमाथि आगजनी, थाइल्याण्डका प्रधानमन्त्री थाक्सिन सिनावात्रा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला राष्ट्रमा सैन्य विद्रोह, प्रधानमन्त्रीद्वारा देशमा संकटकालको घोषणा, जापानको प्रधानमन्त्रीमा सिन्जो आबे निर्वाचित ।

अक्टोबर
दक्षिणी अफगानिस्तानका विभिन्न भागमा सुरक्षा फौज र तालिवानी विद्रोहीबीच भएको भिडन्तमा ५४ विद्रोहीको मृत्यु, उत्तरकोरियाद्वारा आणविक बम परीक्षण, अमेरिकी नाकाबन्दी प्रस्तावलाई र्समर्थन गर्दै जापानद्वारा नाकाबन्दीको घोषणा, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा उत्तरकोरियामाथि नाकाबन्दी प्रस्ताव पारित, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा दक्षिणकोरियाका विदेशमन्त्री बान कि मुन राष्ट्रसंघको आठौं महासचिवका रुपमा मनोनित, सन् २००६ का लागि नोबेल शान्ति पुरस्कार विजेता बंगलादेशका अर्थशास्त्री मोहम्मद युनुस आठौं सोल शान्ति पुरस्कारबाट सम्मानित, अमेरिकी सेनाले इराकमा आधिपत्य जमाएपछिको तीन वर्षा सात लाख ५४ हजार इराकी पलायन भएको राष्ट्रसंघीय शरणार्थी नियोगद्वारा सार्वजनिक, बंगलादेशका राष्ट्रपति इयाजुद्दिन अकमदद्वारा काम चलाउ सरकारको नेतृत्व, अविरल वर्षासँगै श्रीलंकामा आएको बाढीबाट १३ को मृत्यु, दुइ लाख २५ हजार सर्वसाधारण विस्थापित ।

नोभेम्बर
इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेन र उनका दुइ सहयोगीविरुद्ध इराकी विशेष अदालतद्वारा मृत्युदण्डको सजाय, अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टी विजयी, पार्टीको हारपश्चात् अमेरिकी रक्षामन्त्री डोनाल्ड रम्सफेल्डद्वारा राजीनामा, उनको स्थानमा गुप्तचर संस्था सिआईएका पूर्वनिर्देशक रोबर्ट गेट्स नियुक्त, पूर्व रुसी महासंघको गुप्तचर संस्था केजीबीका वरिष्ठ अधिकारी अलेक्जेन्डर लित्भिनेन्कोको वेलायतमा रहस्यमय हत्या ।

डिसेम्बर
भेनेजुयलाको राष्ट्रपतिमा ह्युगो चाभेज पुनः निर्वाचित, फिजीमा सैनिक विद्रोह, विभिन्न विधामा सन् २००६ का लागि नोबेल पुरस्कार वितरण, चिलीका पूर्व तानाशाह अगस्टो पिनोसेको ९१ वर्षो उमेरमा मृत्यु, भुटानका नरेश जिग्मेसिंगे वाङचुकद्वारा युवराज खेसर नाम्ग्याल वाङचुकलाई सत्ता हस्तान्तरण, चार सय बालबालिकालाई अशुद्ध रगत दिएर एचआईभी संक्रमण गराएको आरोपमा लिबियाको अदालतद्वारा पाँचजना बुल्गेरियाली नर्स र एक प्यालेष्टाइनी डाक्टरलाई मृत्युदण्डको सजाय, इराकी पूर्व राष्ट्रपति सद्दाम हुसेनलाई फाँसी ।

 
 
 
सद्दामको विवादास्पद मृत्युदण्ड
वाङचुकको पाँचौं पुस्ता
 
रहस्यमय बनेको लित्भिनेन्को घटना
राष्ट्रसंघका महासचिव बान कि मुन
 
आचेको वाषिर्कोत्सव
 
 
 
 

 

kirats.com

 किरात आवाज : मूलघर | हाम्रोबारे | उद्देश्य |
a presentation of Kirat Awaj | Contactus
© 2006 KIRATS.COM, All Rights Reserved , Editor : Nabin Lingden (+ 977-1-98510 39717 )

 
powered by :