identity of kirat existence
refer this site +

अनिश्चितकालीन बन्द स्थगित... लिम्बुवान कार्यकर्ताको मृत्यु...

kirats.com
 
तस्वीरहरु
 
प्रश्न एक उत्तर अनेक
लिम्बुवान स्वायत्तताको माग सही छ ?
 
 
मिक्तोक
 
 
दस्तावेज
 
पुस्तक
अध्यक्षात्मक प्रणालीतर्फ आदिवासी जनजाति महासंघ
  पाक्षिक राशीफल -पुस १६ देखि ३० गतेसम्म  
मेष
तपाईको यो पक्ष ग्रह चक्रअनुसार संघर्ष गरी कार्य सिद्ध हुने सम्भावना छ । कसैसँग धेरै विश्वास नगरे वेश होला । स्वास्थ्यमा ध्यानि दिनुपर्ने योग छ । आर्थिक लाभ कमै मिल्ला । विद्यार्थीका लागि उत्तम समय रहने देखिन्छ ।
वृष
तपाईको यो पक्ष ग्रह चक्रानुसार संघर्षपूर्ण तर लाभदायक रहने छ । रोकिएका काम र धन प्रापत हुनेछन् । विदेश यात्राको योग पनि देखिन्छ । हीन भावना आउन सक्ला । उदासिनता र नकारात्मक व्यवहारलाई त्यागी सकारात्मक सोचलाई विकसित गरे भाविष्य उज्ज्वल देखिन्छ ।
मिथुन
मिथुन ः तपाईको यो पक्ष ग्रह चक्रानुसार धेरैजसो लाभदायक र उन्नतिदायक नै रहला । स्वास्थ्यमा ध्यान पुर्याउनु पर्नेछ । राम्रो कामको लागि खर्च हुनेछ । समाजमा मान र प्रतिष्ठा मिल्ने योग देखिन्छ । भाग्यमानी समय छ ।
कर्कट
तपाईको यो पक्ष ग्रह चक्रानुसार अरु धेरै संघर्ष बढ्न सक्नेछ । स्वास्थ्यमा पनि असर पर्नेछ । स्थान परिवर्तनको योग पनि देखिन्छ । धेरै तर्क वितर्कबाट बच्नु र धैर्यपूर्वक आफ्नो कार्य क्षेत्रमा लाग्नु नै उपयुक्त रहला । कार्यभार पनि बढ्न सक्नेछ ।
सिंह
तपाईको यो पक्ष ग्रह चक्रानुसार समानय सुख र लाभदायक रहने छ । कुनै जटिल समस्याको समाधान हुन सक्ला । स्वास्थ्यमा यदाकदा समस्या आर्इपर्न सक्ला । अचानक धन खर्च हुनसक्ला, धर्मकर्मप्रति मन जाला ।
कन्या
तपाईको यो पक्ष ग्रह चक्रानुसार केही विध्न बाधासहित लाभदायक र उन्नतिकारक रहनेछ । आर्थिक सुधार पनि राम्रै होला । नयाँ समपत्रि किनबेच गर्ने योग छ । विद्यार्थीका लागि कठिन र संघर्षपूर्ण समय देखिन्छ ।
तुला
तुला ः तपाईको यो पक्ष ग्रह चक्रअनुसार सुख, समृद्धिदायक रहेनछ । रोकिएको काम र भन मिल्ने योग छ । आफ्नो कमजोरी अरुले थाहा पाए हानि हुने प्रवल सम्भावना छ । घरमा धार्मिक कार्य पनि हुन सक्ला । लामो यात्राको योग देखिन्छ । विद्यार्थीका लागि उत्तम समय रहने छ ।
   
वृश्चिक
तपाईको यो पक्ष ग्रह चक्रानुसार सानोतिनो यात्रा हुन सक्नेछ । स्वास्थ्यमा पनि थोरै वाधा रहला । धेरै भावुक भइने छ । बोली वचनमा मधुरता रहनेछ । नयाँ सम्पत्ति किन्ने योग छ । सामाजिक मान, प्रतिष्ठा मिल्नेछ ।
धनु
तपाईको यो पक्ष ग्रह चक्रअनुसार अनावश्यक धन खर्च हुन सक्ला । छिटो र चाँडो कुनै निर्णयनलिनु नै राम्रो होला । भूमि, भवन, गाडीको किनबेचबाट लाभ मिल्ने योग छ । व्यापार, बिस्तारै बढ्ला । नोकरी गर्नेलाई लाभ होला, इष्टमित्रबाट सहयोग प्राप्त होला, घरमा सुख शान्ति रहने योग छ ।
मकर
तपाईको यो पक्ष ग्रह चक्रअनुसार मिश्रति फलयुक्त रहने देखिन्छ । लाभसँगै खर्च पनि बढ्ने योग छ, कार्य क्षेत्रमा संघर्ष साथै लाभ पनि मिल्ला । आत्मविश्वासमा कमि कमजोरी हुन नदिनु नै उपयुक्त रहला, जीवनसाथीका भावनालाई आत्मसाथ गरी सकयोग गरे गृह सुख प्राप्त हुने योग देखिन्छ ।
कुम्भ
तपाईको यो पक्ष ग्रह चक्रअनुसार शत्रु पक्ष कमजोर रहने छन् । आय राम्रै हुनेछ । स्वास्थ्य लाभ मिल्नेछ । जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ । जमापूँजीमा धनको बृद्धि नै होला । साहस र धैर्यमा पनि बृद्धि नै रहला । विद्यार्थी वर्गमा आफ्नो करियरप्रति चिन्ता बढ्न सक्ने योग छ ।
मिन
तपाईको यो पक्ष ग्रह चक्रअनुसार आफ्नै बुद्धि विवेकले काम र व्यवसाय गरे लाभ मिल्ने योग छ । अरुको भनाईप्रति त्यति ध्यान नदिए राम्रो होला, कुनै लामो दुरीको यात्रा पनि हुन सक्छ । इष्टमित्रको सहयोग कमै मिल्ला । विद्यार्थी वर्गमा पढाईप्रति अरुचि बढ्न सक्ने प्रवल योग देखिन्छ ।'


ज्यो. चन्द्रकुमार सेर्मा
अध्यक्ष
किरात ज्योतिष उत्थान संघ

 
 
 
 

 

kirats.com

 किरात आवाज : मूलघर | हाम्रोबारे | उद्देश्य |
a presentation of Kirat Awaj | Contactus
© 2006 KIRATS.COM, All Rights Reserved , Editor : Nabin Lingden (+ 977-1-98510 39717 )

 
powered by :