identity of kirat existence
refer this site +

अनिश्चितकालीन बन्द स्थगित... लिम्बुवान कार्यकर्ताको मृत्यु...

kirats.com
 
तस्वीरहरु
 
प्रश्न एक उत्तर अनेक
लिम्बुवान स्वायत्तताको माग सही छ ?
 
 
मिक्तोक
 
 
दस्तावेज
 
पुस्तक
अध्यक्षात्मक प्रणालीतर्फ आदिवासी जनजाति महासंघ
  खेलकुद  
महत्वाकांक्षी मिसन


राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकुद नाराका साथ राष्ट्रिय खेलकुद परिषद् -राखेप)ले १४ वर्षो कार्यनीति हालै प्रस्तुत गर्यो ।

सन् २०१२ सम्ममा दक्षिण एसियाली खेलकुद -साग) मा तेस्रो स्थान प्राप्त गर्ने, २०१४ सम्ममा एसियाली खेलकुदमा २५औं स्थानमा पार्ने र खेलको यो बढोत्तरीलाई सन् २०२० को ओलम्पिकमा स्वर्ण पदक प्राप्त गर्नेसम्मको लक्ष्य राखेपले प्रस्तुत गरेको छ ।

छ महिनासम्म अध्ययन, अनुसन्धान गरेर खेलसँग सम्बद्धहरुको सल्लाह, सुझावलाई समेत लिएर बिज मन्त्र र हार्डिक कन्सल्टेन्सी नामक संस्थाहरुले तयार पारेको २८ बुँदे यो कार्यनीति आफैंमा स्वागतयोग्य र तारिफयोग्य रहेको छ । र, यसले चाल्न खोजेको कदम पनि युक्तिसंगत र बुद्धिमत्तापूर्ण रहेको छ । तर, यसलाई सरसर्ती अध्ययन गर्दा यो योजना निकै महत्वाकांक्षी छ । महत्वाकांक्षी हुनु आफैंमा नराम्रो होइन, तर उच्च महत्वाकांक्षीपना कहिल्यै सही हुन सक्दैन । त्यसैले यसलाई उच्च महत्वाकांक्षा नबनाई यही रुपमा नै लान भरमग्दुर प्रयास गर्नुपर्छ, किनकि योजना बनाउन जति कठीन छ, त्यो भन्दा धेरै कठीन हुन्छ, त्यसलाई कार्यान्वन्वित गर्नु ।

खेलकुदका लागि अनुकूल वातावरण, नियमित खेलकुद कार्यक्रम सञ्चालन, सबै खेलको विकास, खेल आबद्ध व्यक्तिहरुको उत्थान, भौतिक पूर्वाधार र संस्थागत व्यवस्थापन उद्देश्य राखेर भिजन २०२० बनाइएको सो कार्यनीतिमा उल्लेख छ ।

मिसनअनुसार स्वस्थ्य नागरिक पहिलो लक्ष्य रहेको छ । जसको लागि ३० प्रतिशत विद्यालयहरुलाई २०१२ सम्ममा जिल्लास्तरीय प्रतियोगिताहरुमा सहभागी गराउने र त्यो संख्यालाई २०१४ सम्ममा दोब्बर गरी २०२० सम्ममा हरेक वडा र गाविसमा एउटा क्लब स्थापना हुने लक्ष्य रहेको छ । दोस्रो लक्ष्यको रुपमा राष्ट्रिय गौरव रहेको छ, जसअनुसार २०२० सम्ममा ओलम्पिकमा स्वर्ण पदक जित्ने भन्ने रहेको छ ।

लक्ष्यहरुलाई पूरा गर्न राष्ट्रिय गौरव, सहभागिता, मौलिकता, साहसिक, पर्यटकीय तथा सम्भावित गरी पाँच भागमा खेललाई विभक्त गरेको छ । राष्ट्रिय गौरवअन्तर्गत मुलुकलाई बढी पदक दिलाउने खेलहरुलाई राखिएको छ । जसमा, एथलेटिक्स, बक्सिङ, क्रिकेट, जुडो, कराते -आधिकारिक), सुटिङ, तेक्वान्दो, भारोत्तोलन, कुस्ती र उसुलाई राखिएको छ ।

त्यस्तै, व्यापक सहभागिता हुने खेलहरुलाई सहभागिताअर्न्तर्गत राख्ने क्रममा सो समूहमा ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल, फुटबल, जिम्न्यास्टिक, कबड्डी, कराते -ओलम्पिक मान्यता नपाएको), टेबुलटेनिस र भलिबल परेका छन् ।

गाउँघरदेखि शहर बजारसम्म परम्परागतरुपमा खेलिने खेलहरुलाई परम्परागत समूहमा राखिएको छ । जसमा डन्डीबियो, छेलो र बाघचाललाई रखिएको छ ।

साहसिक एवं पर्यटकीय खेलमा बन्जी जम्पिङ, हट एयर बलुन, ग्लाइडिङ, कार रेस, अल्ट्रालाइट फ्लाइङ, र्याफ्टीङ, गल्फ र स्की छन् ।

सम्भावित खेलहरुमा आर्चरी, बिलियर्ड, ब्रिज, ह्यान्डबल, हकी, खोखो, टेनिस, रग्वी, टेन पिन बलिङ, शारीरिक सुगठन, सफ्ट टेनिस, स्क्वास र पौडीलाई राखिएको छ । र, यस वर्गमा पर्ने खेलहरु महङ्गो हुने हुनाले तीनदेखि पाँच वर्षा ती खेलहरुको पूर्ण विकास असम्भव रहेको समेत राखेपले उल्लेख गरेको छ ।

खेलकुद परिषद्को ५८औं बोर्ड बेठकले पारित गरेको एवं शिक्षा तथा खेलकुदमन्त्रीले प्रतिबद्धता जारी गरेको यो कार्यनीति लागु हुनु खेलसम्बद्ध तथा मुलुककै निमित्त राम्रो हो । खेलकुदमा प्रत्यक्ष एवं परोक्षरुपमा बारम्बार गरिने राजनीतिक चलखेल, गुण्डागर्दी, भाइबन्धुत्व, पदलोलुपता, आर्थिक अनियमितता इत्यादिका कारण लाग्ने पहुँचवाला सीमित व्यक्तिहरुमात्र पोषिने तर खेलको स्तर खस्कँदै जाने क्रममा चलिरहेको हालसम्मको अवस्थामा यो सोच कार्यान्वयन हुन सकेमा यसले सकारात्मक परिणाम ल्याउन सक्छ ।

धेरै वर्षपछि, सम्भवतः नेपाली खेलकुदको इतिहासमा नै औपचारिकरुपमा, संस्थागत तथा प्रणालीगत तवरले कार्यनीति प्रस्तुत गरिएको यो नै पहिलो पटक हो । जसलाई राखेपले प्रस्तुत गरेको छ, र लागु गर्ने ध्याउन्नमा लागेको छ, तर अहिलेको जस्तो असहज अवस्थामा, राजनीतिक अस्थीरता भएको स्थितिमा कार्यान्वयनको सहजता धेरै गाह्रो छ । साथै, संघहरु तथा खेलाडीहरुमा पूरानो सत्ताको मोह भंग भइनसकेको अवस्थामा खेलसंघहरु सबै लोकतान्त्रिकीकरण भइनसकेको अवस्थामा कठीन हुन सक्छ । र, यही मौकामा विभिन्न सिद्धान्तका नाममा असहज बनाउने प्रयास पनि हुनसक्छन् । त्यसैले कार्यनीति आफैमा राम्रो र महत्वाकांक्षी पनि छ, यसलाई लागु गर्दा आउन सक्ने व्यवधानहरुलाई कसरी पन्छाउँदै जाने हो योजनाकारहरुले अहिले नै पटक पटक सोच्नुपर्छ ।

 
 
 
 
सन्यासमय वितेको वर्ष
 
दोहा एसियाडको सम्झना
 
 

 

kirats.com

 किरात आवाज : मूलघर | हाम्रोबारे | उद्देश्य |
a presentation of Kirat Awaj | Contactus
© 2006 KIRATS.COM, All Rights Reserved , Editor : Nabin Lingden (+ 977-1-98510 39717 )

 
powered by :