identity of kirat existence
refer this site +

अनिश्चितकालीन बन्द स्थगित... लिम्बुवान कार्यकर्ताको मृत्यु...

kirats.com
 
तस्वीरहरु
 
प्रश्न एक उत्तर अनेक
लिम्बुवान स्वायत्तताको माग सही छ ?
 
 
मिक्तोक
 
 
दस्तावेज
 
पुस्तक
अध्यक्षात्मक प्रणालीतर्फ आदिवासी जनजाति महासंघ
  ब्यक्तित्व  

 
डकेन्द्रसिं थेगिम
-
असारसिं थेगिम र रनमाया सेर्माको सुपुत्रको रुपमा डकेन्द्रसिं थेगिम वि.स. २०१२ साल जेठ ८ गते इलाम जिल्लाको पश्चिमी सीमावर्ती क्षेत्र पान्थरसँग जोडिएको आम्चोक गाउँ विकास समिति वडा नं. २ रातोमाटे टोलमा जन्म भएको हो ।


हुने बिरुवाको चिल्लो पात भने झैं ग्रामीण परिवेशको किरात समाजमा हुर्कनुभएका थेगिम सानै उमेरदेखि असल र इमान्दार स्वभावका हुनुहुन्थ्यो । शिक्षित परिवार भएकोले सानै उमेरदेखि शिक्षा हासिल गर्ने राम्रो मौका पाउनु भयो । ग्रामीण परिवेश, आफ्नै परम्परा र भेषभूषामा रमाउनु हुने वहाँले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा हासिल गर्नु भएको थियो । २०४४ सालदेखि शिक्षण पेशामा लाग्नुभएका वहाँ हाल आम्चोककै सिंहदेवी माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्छ । हाल वहाँ उच्च शिक्षाको शिलशिलामा अंग्रेजी विषयको स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।


शिक्षण पेशालाई त्याग्न सक्छु तर किरात धर्म र संगठनलाई त्याग्न सक्दिन भन्नुहुने वहाँ जन्मसिद्ध किरात भएपनि किरात धर्ममा २०५७ सालमा मात्र दीक्षित हुनुभएको थियो । कार्य व्यस्तताले सामाजिक संघ-संस्था तथा धार्मिक संगठनहरुमा संलग्न नभएपनि किरात साम्यो नालीफूङवा पाङभे पान्जुम्भो आम्चोकमा अध्यक्ष पद सम्हाली सक्नुभएको छ ।


किरात धर्मको लामो इतिहाससँगै २०६० चैत २२ र २३ गतेको किरात धर्म तथा साहित्य उत्थान संघको पाँचौ सम्मेलनबाट केन्द्रीय अध्यक्षमा वहाँलाई अङसीमाङ आत्मानन्द लिङ्देन सेइङले मनोनित गर्नुभएको छ । इमान्दारीता, सत्यता र लगनशीलताकासाथ लागे संघ-संस्थाको विकास, प्रगति हुन सक्ने बताउनुहुँदै वहाँ भन्नुहुन्छ, अङसीमाङको पूर्ण नियन्त्रणमा किरात चोःलुङ अङसीमाङगेन्ना सेवा समितिसँग हातेमालो तथा भक्तजनहरुको इच्छा र मर्यादालाई कदर गर्दै संस्थालाई अगाडि बढाउने सोच लिएको छु ।

 
 
 
 
 
 
 
 

 

kirats.com

 किरात आवाज : मूलघर | हाम्रोबारे | उद्देश्य |
a presentation of Kirat Awaj | Contactus
© 2006 KIRATS.COM, All Rights Reserved , Editor : Nabin Lingden (+ 977-1-98510 39717 )

 
powered by :